सुदूरपश्चिमको तीव्र विकासका लागि कार्ययोजना बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री देउवा

सफल खबर संवाददाता

आइतबार, २२ जेठ २०७९, १४ : ४७
सुदूरपश्चिमको तीव्र विकासका लागि कार्ययोजना बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशको तीव्र विकासका लागि आवश्यक कार्ययोजना बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन ।सुदूरपश्चिमाञ्चल सरोकार मञ्च, नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री देउवाले सो भनाई राखे।

उनले मानव संशाधनको विकास र लगानीको सुरक्षा गर्न सके सुदूरपश्चिम प्रदेशलाई मुलुकको सबैभन्दा धनी प्रदेश बनाउन सकिने धारणा समेत राखे।प्रधानमन्त्री देउवाले भारतसँग महाकाली पारी दोधारा चाँदनीमा सुख्खा बन्दरगाह बनाउने सहमती भएको उल्लेख गर्दै त्यसले पनि सुदूरपश्चिम प्रदेशको विकासमा सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे ।

सो बन्दरगाहले सिधैं भारतको बम्बईसँग सुदूरपश्चिमलाई जोडने र त्यसले सुदूरपश्चिम प्रदेशको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने उनले बताए ।प्रधानमन्त्री देउवाले सुदूरपश्चिम प्रदेशको विकासका लागि महाकाली नदी, पश्चिम सेती जलविद्युत परियोजनाको विकासमा विशेष ध्यान दिनुपर्ने जरुरी रहेको बताए । उनले यस प्रदेशको विकासका लागि मानव संशोधनको विकासमा जोड दिनका लागि हातेमालो गरेर अघि बढन पनि सम्बन्धित सबै पक्षसँग आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस