काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अहिलेको सत्ता गठबन्धनले देश र जनताको हित नगर्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत विचार राख्दै उनले विपरीत वैचारिकको गठबन्धन महत्त्वाकांक्षी व्यक्तिको मोलतोलको साधन मात्र हुने धारणा राखेका हुन्। स्थानीय चुनावमा जस्तै संघ र प्रदेशको निर्वाचनमा पनि पाँचदलीय गठबन्धनलाई निरन्तरता दिने चर्चा चलिरहेका बेला पूर्वप्रधानमन्त्री भट्टराईले ‘विपरीत विचारको गठबन्धन सधैँ हिलोको किलो झैं हल्लिने’ बताएका हुन्।
‘विपरित वैचारिक–राजनीतिक धरातलमा उभिएका दलहरूबीच भगत गणितीय आधारमा बन्ने गठबन्धन सधैँ हिलोको किलो झैँ हल्लने र केही महत्त्वाकांक्षी व्यक्तिको मोलतोलको साधन मात्र हुन्छ। त्यसले दीर्घकालमा देश र जनताको हित गर्दैन। दिगो लोकतान्त्रिक स्थीरता, सुशासन, समृद्धिका निम्ति गम्भीर ढंगले विकल्प सोचौं ।’ उनले लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० जेठ २०७९, ०९ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डा. बाबुराम भट्टराई गोरखा-२ बाट चुनाव लड्ने
बालेन र डा. बाबुराम भट्टराईबीच भेटवार्ता, के भयो छलफल ?
निर्वाचनको विकल्प छैन: डा. बाबुराम भट्टराई
डा. बाबुराम भट्टराईले दिए पार्टी अध्यक्षबाट राजीनामा
नेपालका राजनीतिक दलहरू राज्य दोहनका साधन बने : बाबुराम भट्टराई
दाङमा पूर्वप्रधानमन्त्री भट्टराईलाई राजावादीले देखाए कालोझण्डा