बारा । बारामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका २३ बैराथपुर टोलकी ३५ वर्षीया प्रभा देवी रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बिहीबार साँझ ७ बजे करेन्ट लागेर गम्भीर घाइते भएकी देवीलाई उपचारका लागि तराई अस्पताल वीरगन्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
घरमा रहेको कलमा जडान गरिएको पानी तान्ने मोटर चलाएर पानी थाप्ने क्रममा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० जेठ २०७९, ०७ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
करेन्ट लागेर एक जनाको मृत्यु
माछा मार्ने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु
भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु
करेन्ट लागेर महिलाको मृत्यु
करेन्ट लागेर रौतहटमा एक युवकको मृत्यु
करेन्ट लागेर एक कर्मचारीको मृत्यु