निर्मला पन्तको अनुसन्धान उच्च प्राथमिकतामा : प्रहरी प्रमुख सिंह

सफल खबर संवाददाता

विहीबार, १९ जेठ २०७९, १६ : ४६
निर्मला पन्तको अनुसन्धान उच्च प्राथमिकतामा : प्रहरी प्रमुख सिंह

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले अहिलेसम्म सुल्झन नसकिरहेको निर्मला पन्तको बलात्कारपछिको हत्या अनुसन्धानलाई उच्च प्राथमिकतामा राखेको बताएका छन ।

आफू प्रहरी प्रमुखमा नियुक्त भएको एक महिना पुगेको अवसरमा बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार भेटघाटमा उनले देशमा शान्ति सुरक्षा कायम गर्न जुनसुकै चुनौती मोल्न तयार रहेको स्पष्ट गरे।

आफ्नो नियुक्तिलगतै आइपरेको स्थानीय तहको निर्वाचन सफल गर्न नेपाल प्रहरी सफल भएको बताए ।पत्रकार भेटघाटमा उच्च ओहदाका प्रहरी अधिकारीहरुको पनि सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस