तारा एयरको विमान दुर्घटना : मृतकका परिवारलाई शव हस्तान्तरण (फोटोफिचर)

सफल खबर संवाददाता

विहीबार, १९ जेठ २०७९, १३ : ०७
तारा एयरको विमान दुर्घटना : मृतकका परिवारलाई शव हस्तान्तरण (फोटोफिचर)

काठमाडौं । तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट बिहीबार मृतकका परिवारलाई हस्तान्तरण गरिएको छ ।शव हस्तान्तरण गर्न अघि सबै २२ जनाको शवको पोस्टमार्टम गरिएको थियो । 

पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा सो विमान दुर्घटना भएको थियो । दुर्घटनामा चालक दलका तीन सदस्यसहित १३ जना नेपाली र चार भारतीय तथा दुई जना जर्मन नागरिकले ज्यान गुमाएका थिए ।

 दुर्घटनामा ज्यान गुमाएकाको शव सोमबार र मङ्गलबार दुई चरणमा नेपाली सेनाको एमआई–१७ हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो । 

 

प्रतिक्रिया दिनुहोस