बजेटलाई श्रेयको दौड बनाइनु हुँदैन् : शक्तिबहादुर बस्नेत

सफल खबर संवाददाता

बुधबार, १८ जेठ २०७९, १२ : ५८
बजेटलाई श्रेयको दौड बनाइनु हुँदैन् : शक्तिबहादुर बस्नेत

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले बजेटलाई श्रेयको दौड नबनाउन प्रतिपक्षसँग आग्रह गरेका छन । बुधबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०७९र०८० को बजेटमाथिको छलफलमा बोल्दै उनले बजेटलाई श्रेयको दौड बनाइनु नहुने बताए ।

उनले अर्थमन्त्रीद्वारा प्रस्तुत बजेटका हरेक बुँदाको नियत के हो भनेर सोध्ने छलफलले कतै नपुगिने बताए । सत्तारुढ दलका सांसद बस्नेतले प्रतिपक्ष दलका सांसदहरुले पपुलिष्ट बजेट भनेर चर्चा गर्नुको अर्थ नरहेको पनि स्पष्ट पारे ।

सांसद बस्नेतले भने, ‘हरेक बुँदामा यसको नियत के हो भनेर भन्नुको कुनै अर्थ छैन, यसले हामीलाई कहीँ पु¥याउँदैन । परिणाम पर्खिने धैर्यता हामी सबैले राख्नुपर्छ । किनकी हामीलाई थाहा छ विरासतमा धेरै समस्याहरु छन् र एकै वर्षमा सबै समस्या समाधान हुँदैनन् । त्यो समाधान गर्न एउटा स्पष्ट धाराणका साथ बढ्नुपर्ने दिशामा अघि बढ्नुपर्ने आजको आवश्यक्ता हो । कसले कति श्रेय लिने भन्ने कुरा त्यतातिर श्रेयको विषयमा दौडिने बजेट होइन । हामीले बजेटलाई त्यस्तो बनाइनु हुँदैन ।’

उनले उत्पादनवृद्धि, रोजगार अभिवृद्धिसहित आत्मनिर्भर अर्थतन्त्रलाई प्राथमिकताको केन्द्रमा राखेर बजेट प्रस्तुत गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस