काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले विनियोजन विधेयक, २०८२ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको शीर्षकको खर्च रकममा एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा प्रस्ताव पेस गर्दै सांसद शक्तिबहादुर बस्नेतले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट बढे पनि न्यायोचित रूपमा विनियोजन हुन नसकेको भन्दै असहमति जनाएका हुन् ।
“कुनै निर्वाचन क्षेत्रमा त सडक पूर्वाधार विकासका लागि बजेट नै परेको छैन । योभन्दा गैरजिम्मेवारी के हुनसक्छ ?”, बस्नेतले भने, “ठूला करिडोरका बजेट समेत घटेको छ । कुनै जिल्लाका पूर्वाधार विकासमा बजेट नै बजेट तर कुनै जिल्लामा बजेट नै नहुने रु यो न्यायसंगत भएन ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ असार २०८२, १२ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जाजरकोटका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्न माग
ऊर्जा क्षेत्रमा गुणात्मक र उल्लेखनीय प्रगति भएको छ : शक्तिबहादुर बस्नेत