कीर्तिपुरमा दिउसै सडकमा कुटपिट गरी हत्या

सफल खबर संवाददाता

बुधबार, १८ जेठ २०७९, १२ : ३३
कीर्तिपुरमा दिउसै सडकमा कुटपिट गरी हत्या

काठमाडौं । चन्द्रागिरी नगरपालिका–१० बोसिगाउँ बस्ने २९ वर्षीय अरुण खत्रीलाई कुटपिट गरी हत्या गरेको आरोपमा दुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

खत्रीको स्थायी ठेगाना उदयपुर तामिल्छा नगरपालिका–८ रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका–३ बाघभैरव बस्ने २६ वर्षीय अजय नापित र २२ वर्षीय सन्तोष महर्जन रहेका छन् । 

सोही नगरपालिका–३ ढल्पास्थित सडकमा उनीहरूले कुटपिट गर्दा गम्भीर घाइते भएका अरुणको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

प्रतिक्रिया दिनुहोस