राष्ट्रपति भण्डारी सुर्खेतमा

सफल खबर संवाददाता

मंगलबार, १७ जेठ २०७९, १७ : १६
राष्ट्रपति भण्डारी सुर्खेतमा

कर्णाली । राष्ट्रपति विद्यादेवी भण्डारी अनौपचारिक भ्रमणको सिलसिलामा सुर्खेत आइपुगेकी छन् । 

सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल बडीमालिका जाने कार्यक्रमअनुसार उनी आज सुर्खेत आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेले राष्ट्रपति भण्डारी आज १ः४५ बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत आइपुग्नुभएको जानकारी दिए ।

उनी नेपाली सेनाको सुर्खेतस्थित पश्चिम कमाण्ड हेडक्वार्टर निमारेमा बास बस्ने र बुधबार  बिहान बाजुरातर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीले आज अपरान्ह सुर्खेतको पर्यटकीयस्थल काँक्रेविहार अवलोकन गर्नेछिन् । 

प्रतिक्रिया दिनुहोस