काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले संसदमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्दा ब्रिफकेस तोडफोड नहुनु सकारात्मक उपलब्धि भएको बताए ।
मंगलबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेटमाथि धारणा राख्दै उनले ब्रिफकेस तोडफोड नहुनु र संसदमा कुर्सी नभाँचिनुले नेपालको लोकतन्त्र र संवैधानिक प्रक्रिया परिपक्व भएको पुष्टि हुने बताए ।
‘महत्वपूर्ण सकारात्मक उपलब्धि नै भन्नुपर्छ, माननीय अर्थमन्त्रीले बजेट प्रस्तुत गरिरहँदा उहाँले बोक्नुभएको ब्रिफकेस तोडफोड भएन । संसदमा माननीय सदस्यहरू बस्ने कुर्सी भाँचिएनन् । संसदका माइक भाँचिएनन् र शान्तपूर्वक माननीय अर्थमन्त्रीले २ घण्टा ५५ मिनेट पढ्न पाउनुभयो’ उनले भने ।
सचिव भट्टराईले अघि भने, ‘सायद हाम्रो लोकतन्त्र, हाम्रो संवैधानिक प्रक्रिया परिपक्व हुँदैछ, हामी उत्तेजना र आवेशबाट, संयमता र धैर्यतातिर जाँदैछौं, त्यस अर्थमा म खुशी व्यक्त गर्न चाहन्छु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ जेठ २०७९, १४ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टीको माथिल्लो तहबाट हामीविरुद्ध अनर्गल लाञ्छना लगाउने काम भइरहेको छ: योगेश भट्टराई
जेन जेड आन्दोलनको क्षतिको दोष जबर्जस्त एमालेमा थुपार्न खोजियो : योगेश भट्टराई
झापा-५ को चुनावी प्रचारमा योगेश भट्टराई दमकमा
संविधानमा संशोधनमा छलफल गर्न मतदातासँग योगेशको आग्रह
‘पार्टीभित्रको संघर्षमा प्रतिस्पर्धी हौँ तर अन्य दलहरूसँग एमाले एक छ’ : योगेश भट्टराई
‘निर्वाचनमा उम्मेदवार बन्ने मन्त्रीहरूले तत्काल राजीनामा दिनुपर्छ’: योगेश भट्टराई