काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले संसदमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्दा ब्रिफकेस तोडफोड नहुनु सकारात्मक उपलब्धि भएको बताए ।
मंगलबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेटमाथि धारणा राख्दै उनले ब्रिफकेस तोडफोड नहुनु र संसदमा कुर्सी नभाँचिनुले नेपालको लोकतन्त्र र संवैधानिक प्रक्रिया परिपक्व भएको पुष्टि हुने बताए ।
‘महत्वपूर्ण सकारात्मक उपलब्धि नै भन्नुपर्छ, माननीय अर्थमन्त्रीले बजेट प्रस्तुत गरिरहँदा उहाँले बोक्नुभएको ब्रिफकेस तोडफोड भएन । संसदमा माननीय सदस्यहरू बस्ने कुर्सी भाँचिएनन् । संसदका माइक भाँचिएनन् र शान्तपूर्वक माननीय अर्थमन्त्रीले २ घण्टा ५५ मिनेट पढ्न पाउनुभयो’ उनले भने ।
सचिव भट्टराईले अघि भने, ‘सायद हाम्रो लोकतन्त्र, हाम्रो संवैधानिक प्रक्रिया परिपक्व हुँदैछ, हामी उत्तेजना र आवेशबाट, संयमता र धैर्यतातिर जाँदैछौं, त्यस अर्थमा म खुशी व्यक्त गर्न चाहन्छु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ जेठ २०७९, १४ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीकै नेतृत्वमा महाधिवेशन र पूर्व घोषणा गरेर पद छाड्ने योगेश भट्टराईको प्रस्ताव (पूर्णपाठ)
योगेश भट्टराईले गरे रातो पासपोर्ट फिर्ता
गल्ती र कमजोरीबाट सिकेर पार्टी पुनर्गठन गर्नेछौँ: योगेश भट्टराई
अब नयाँ ढंगले पार्टी अघि बढाउने संकल्प गरेका छौँ’: योगेश भट्टराई
एमाले संवैधानिक राजनीतिक निकासको बाधक बन्दैन: योगेश भट्टराई
लोकतान्त्रिक र संवैधानिक मान्यता अनुरूप निकास निकालौंः योगेश भट्टराई