बाँके । बाँकेको बैजनाथ गाउँपालिका–१ मा आज बिहान बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय प्रकाश खड्काकी ४ वर्षीया छोरी प्रज्ञा रहेकी छिन् ।
बसको ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । नम्बर नखुलेको स्कुल बसले आज बिहान १० बजे बालिकालाई ठक्कर दिएको थियो ।
बस सहित फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ जेठ २०७९, १४ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापामा भ्यान दुर्घटना हुँदा ९ जना घाइते
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
राजधानीमा स्कुटर र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु, ३ घाइते
म्याग्दीमा जिप दुर्घटना, १ महिलाको मृत्यु, ३ जना घाइते
सुनसरीमा बस र विङ्गर ठोक्किँदा ३ को मृत्यु, १६ जना घाइते
धनकुटामा पिकअप गाडी दुर्घटना, १७ जना घाइते