फुर्वा लामालाई रिहा गर्न काठमाडौंका सीडीओको आदेश

सफल खबर संवाददाता

मंगलबार, १७ जेठ २०७९, १४ : १९
फुर्वा लामालाई रिहा गर्न काठमाडौंका सीडीओको आदेश

काठमाडौं । कबड्डी–४ की नायिका मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेका फुर्वा लामालाई रिहा गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ)ले आदेश दिएका छन् । 

सीडीओ गोविन्द प्रसाद रिजालले उनलाई रिहा गर्न आदेश दिएका हुन् । आफूमाथि दुर्व्यवहार भएको भन्दै मिरुनाले प्रहरीमा उजुरी दिएपछि सोमबार उनी पक्राउ परेका थिए । 

प्रहरीले लामाविरुद्ध अभद्र व्यवहार मुद्दामा सिडियो कार्यालयमा उपस्थित गराएकामा मंगलबार रिजालले रिहा गर्न आदेश दिएका हुन् ।
 

प्रतिक्रिया दिनुहोस