बजेटमाथिको सैद्धान्तिक छलफल आजबाट सुरु हुने

सफल खबर संवाददाता

मंगलबार, १७ जेठ २०७९, ०८ : ५७
बजेटमाथिको सैद्धान्तिक छलफल आजबाट सुरु हुने

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा आजबाट बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुँदै छ । अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते संसदमा पेश गरेको  आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि आजबाट सैद्धान्तिक छलफल सुरु हुन लागेको हो । 

प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।  त्यस्तै, आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस