एजेन्सी । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीका पति पाउल पेलोसी पक्राउ परेका छन् । मदिरा पिएर गाडी चलाएको आरोपमा उनी पक्राउ परेको नापा काउन्टी क्रिमिनल जस्टिस नेटवर्कको पब्लिक बुकिङ रिपोर्टमा उल्लेख छ ।
पाउल नापा काउन्टीबाट शनिबार मध्यरातमा पक्राउ परेका हुन् । केही घन्टापछि उनलाई जेल चलान गरिएको थियो । उनलाई दुईवटा मुद्दामा जेल पठाइएको थियो । उनको रगतमा शून्य दशमलब शून्य ८ प्रतिशत अल्कोहल भेटिएको थियो ।
पब्लिक बुकिङ रिपोर्टका अनुसार पाउल पेलोसी पाँच हजार डलरमा जमानतमा आइतबार बिहान रिहा भएका थिए । पाउलका विषयमा सभामुख पेलोसीले कुनै टिप्पणी गरेकी छैनन् । पेलोसीका प्रवक्ता ड्र्यू ह्यामिलको विज्ञप्तिमा भनिएको छ, ‘पाउल पूर्वी तटमा हुँदा भएको यो निजी मामिलामा सभामुखले टिप्पणी गर्ने छैनन् ।’
सान फ्रान्सिस्को निवासी ८२ वर्षीय पाउल पेलोसीले सन् १९६३ मा न्यान्सी पेलोसीसँग विवाह गरेका छन् । उनीहरूका तर्फबाट पाँच सन्तान छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १६ जेठ २०७९, १४ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ