लन्डन । बेलायतको डेभोन बन्दरगाहमा रहेको सुपरयाटमा ठूलो आगो लागेको छ । सो सुविधासम्पन्न याटले ८ हजार लिटर इन्धन बोकेको बताइएको छ । आपतकालीन सेवाहरूले हाल आगो निभाइरहेको डेभन र कर्नवाल प्रहरीले जानकारी दिएको छ ।
आगोको धुँवाबाट बच्न प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ । ‘हामी मानिसहरूलाई सो क्षेत्रबाट जोगिन र धुवाँका कारण ढोका/झ्यालहरू बन्द गर्न आग्रह गरिरहेका छौं’, प्रहरीले ट्वीटमा भनेको छ ।
सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बीर तथा भिडियोमा आगोको धुवाको कालो मुस्लोले वरपरको वातावरण ढाकेको छ । आगलागीमा कोही पनि घाइते नभएको प्रहरीले विज्ञप्तिमा जनाएको छ । आगलागीबाट सुपरयाटमा क्षति भएको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १५ जेठ २०७९, १० : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बेलायत–चीन सम्बन्ध सुदृढ गर्ने सहमति
नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदमः बेलायत
प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने बेलायतको घोषणा
बेलायतको संसदीय अभ्यासबारे अनुभव आदानप्रदान गरी लगानी प्रवर्द्धन गरिने
‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’
बेलायतमा शरण खोज्ने आप्रवासीको संख्यामा वृद्धि