बेइजिङ । दुई महिनादेखि कोभिड–१९ को लकडाउनबाट गुज्रेको चीनको सांघाई महानगर पुनः खोल्ने दिशामा अगाडि बढेको छ । सांघाईमा बुधबारदेखि लकडाउन अन्त्य गर्न लागिएको चिनियाँ सञ्चार माध्यमहरूले जनाएका छन् । संक्रमणका घटना कमी हुन थालेपछि धेरै मानिसहरूलाई उनीहरूको घरबाट बाहिर निस्कन अनुमति दिइएको छ । गत साता थप व्यवसायहरूलाई फेरि खोल्न अनुमति दिइएको थियो, यद्यपि अधिकांश बासिन्दाहरू उनीहरूको आवास कम्पाउन्डहरूमा सीमित छन् ।
सरकारले सार्वजनिक स्थानमा हिँडडुल गर्दा मास्क लगाउन र भेला नगर्न अनुरोध गर्दै आएको छ । ‘सार्वजनिक रूपमा मास्क लगाउनुहोस्, भेला नगर्नुहोस् र सामाजिक दूरी राख्नुहोस्’ , सांघाई महानगरका स्वास्थ्य आयोगका उपनिर्देशक झाओ डन्डनले दैनिक पत्रकार सम्मेलनमा भने ।
सामाजिक सञ्जालमा देखिएका केही भिडियोमा सहरको मध्येक्षेमा शक्रबार राति रमाइलो गरिरहेका मानिसहरूलाई प्रहरीले अवरोध गरेर उनीहरूलाई घर जान अनुरोध गरेको देखिन्छ ।
उता राजधानी बेइजिङमा भने कोभिडसम्बन्धी कडा प्रतिबन्ध कायमै छ । संक्रमणका केस घटेपनि बेइजिङमा मानिसका गतिविधिमा भने कठोर प्रतिबन्ध लगाइएको छ । सांघाइका अधिकारीहरूले शनिबार निरन्तर सतर्कता अपनाउन आग्रह गरेका छन । लकडाउनका कारण साढे २ करोड मानिस बसोबास गर्ने सांघाईमा व्यापार व्यवसाय प्रभावित भएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १४ जेठ २०७९, १३ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनद्वारा नयाँ उपग्रह ‘याओगान-४७’ प्रक्षेपण
निर्वाचनका निम्ति हरसम्भव सहयोग गर्ने चीनको प्रतिबद्धता
चीनको शेन्झाउ-२१ अन्तरिक्ष स्टेशनसँग सफल डक
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
रुस–युक्रेन युद्ध अन्त्य गर्न ट्रम्पले चीनसँग मागे सहयोग
नेपालको राजनीति नियाल्न चीनको यस्ता छन् प्रयास