काठमाडौं । प्रतिनिधिसभाको आज शनिबारको बैठकमा आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षण पेश गरिंदैछ ।अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक बर्षको आर्थिक सर्वेक्षण पेश गर्नुहुनेछ ।
संसदमा शुक्रबार नै आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची रहे पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण पेश हुन पाएन ।आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नु भन्दा अघि नै आर्थिक सर्वेक्षण पेश गर्नुपर्ने व्यवस्था छ ।
आइतबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री शर्माले आगामी आर्थिक बर्षको बजेट पेश गर्नुहुनेछ । प्रत्येक वर्ष जेठ १५ गते बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षको फागुनसम्मको प्रमुख आर्थिक गतिविधि, समग्र आर्थिक स्थिति एवं महत्पूर्ण आर्थिक सूचकका विश्लेषण समावेश गरिएको हुन्छ ।
चालु आर्थिक बर्ष ५ दशमलब ८४ प्रतिशत आर्थिक बृद्धि हासिल हुने केन्द्रीय तथ्यांक विभागले यस अघिनै प्रक्षेपण गरिसकेको छ । अर्थतन्त्रमा बाह्य क्षेत्रको दबाब कायमै रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ जेठ २०७९, ०९ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज बागमती प्रदेशसभाको बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गरिने