काठमाडौ । बाँकेको कोहलपुर नगरपालिका–११ स्थित साझा चोकमा भारतीय ट्रकले अटोरिक्सालाई ठक्कर दिँदा आज यहाँ एक जनाकोे मृत्यु भएको छ ।
नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको तीव्र गतिमा रहेको युपी ३२ टिएन ४३४४ नंको भारतीय ट्रकले सोही दिशातर्फ जाँदै गरेको भे१च ४९४१ नंको अटोरिक्सालाई ठक्कर दिँदा कोहलपुर–१३ का अटो चालक २९ वर्षीय रामसेवक थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उनको उपचारका क्रममा मृत्यु भएको थियो । दुर्घटनामा संलग्न ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । सो घटनापछि केहीबेर सडक जाम भएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ११ जेठ २०७९, २० : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु