काठमाडौं । बाराको निजगढ नगरपालिकामा पिकअपको ठक्करबाट निजगढ नगरपालिका-९ बस्ने सिताराम आचार्यको मृत्यु भएको छ ।
पूर्व-पश्चिम राजमार्गबाट दक्षिणतर्फको गौरी शंकर क्याम्पस स्थित भित्री सडक खण्डअन्तर्गत निजगढ नगरपालिका-९ मा बा प्रदेश ०३-००१ च ११४६ नम्बरको पिकअपले ठक्कर दिँदा सोही ठाउँ बस्ने आचार्यको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।
पिकअप र त्यसका चालक प्रहरी नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक सञ्जीव ओलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ जेठ २०७९, १९ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खोलामा डुबेर एक जनाको मृत्यु
कारको ठक्करबाट बालकको मृत्यु
कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु