बझाङमा सहकारी संस्थाबाट पाँच लाख रुपैयाँ चोरी

सफल खबर संवाददाता

मंगलबार, १० जेठ २०७९, १४ : ३९
बझाङमा सहकारी संस्थाबाट पाँच लाख रुपैयाँ चोरी

काठमाडौं । बझाङमा सहकारी संस्थाबाट पाँच लाख रुपैयाँ चोरी भएको छ । बित्थडचिर गाउँपालिका–२, स्याँडीस्थित बित्थडचिर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट पाँच लाख २१ हजार ८०५ रुपैयाँ चोरी भएको हो ।

उक्त संस्था रहेको भवनको मूलढोकाको ताला फोडी अपरिचित व्यक्तिहरूले कोठामा रहेको सेफलाई सहकारी संस्थाको भवनदेखि अन्दाजी २०० मिटर टाढा लगी तोडफोड गरी सेफमा रहेको उक्त नगद चोरी गरी फरार भएको बताइएको छ ।

चोरीमा संलग्नहरूको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस