काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत ललितपुर महानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म ८२ हजार ४० मतगणना सकिएको छ । यहाँ ८५ हजार ८६१ मत खसेको छ ।
पछिल्लो गणनाअनुसार प्रमुख पदमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेदवार चिरिबाबु महर्जनले ४० हजार २६३ हजार मत ल्याएका छन् । नेकपा (एमाले)का उमेदवार हरिकृष्ण व्यञ्जनकारले २३ हजार ८१० मत पाएका छन् । चिरिबाबुको जित निश्चितजस्तै भएको छ
पप्रमुखमा एमालेकी मन्जली शाक्यले २४ हजार १३९ मत पाएकी छन् । गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उमेदवार बाबुराज बज्राचार्यले १८ हजार ११ मत ल्याएका छन् । मन्जलीको जित पनि निश्चितजस्तै छ ।
अब तीन हजार ८३१ मत गन्न बाँकी रहेको र आज साँझसम्म महानगरको अन्तिम मत परिणाम आउने ललितपुरका मुख्य निर्वाचन अधिकृतको किरणप्रसाद शिवाकोटीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० जेठ २०७९, १४ : ३५
लेखकबाट थप