दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–७ खानिगाउँमा हिजो साँझ टिपरको ठक्करबाट एक बृद्धको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७० वर्षीय लाल बहादुर बि.क. रहेका छन् ।
गुरुम्फिबाट खानिगाउँतर्फ जाँदै गरेको बा ५ ख ३११७ नम्बरको टिपरले पैदलयात्री बृद्धलाई हिजो साँझ ५ बजे ठक्कर दिएको थियो । टिपर चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय गौरीशंकरले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० जेठ २०७९, ११ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
मोटरसाइकल दुर्घटना स्थलमा युवकको शव फेला
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते