भरतपुर महानगरको उपमेयरमा बाजी मार्न सफल चित्रसेन अधिकारी : काम धेरै, चर्चा कम

सफल खबर संवाददाता

मंगलबार, १० जेठ २०७९, १० : ०२
भरतपुर महानगरको उपमेयरमा बाजी मार्न सफल चित्रसेन अधिकारी : काम धेरै, चर्चा कम

प्रवीण कुमार
चितवन । चित्रसेन अधिकारी नाम त्यति चर्चामा नभएपनि भरतपुर महानगर वडा नं. २१ को निवर्तमान वडाध्यक्ष हुन् । अधिकारी एक कार्यकाल वडाध्यक्ष भएर यही नगरभित्र काम गरिसकेका छन् । आफ्नो वडाभित्र विकास निर्माणमा गतिशिल र स्थानियको आवश्यकता अनुरुप गरि काम गरेकाले उनी जनताबाट अनुमोदित भई यसपटक भरतपुर महानगरको उपप्रमुखमा निर्वाचित भएका छन् । संगठनभित्र कुशल कार्यशैली भएकै कारण पनि काँग्रेसले उपप्रमुखमा लड्न उनैलाई टिकट दिएको थियो । 

सत्तारुढ ५ दलिय गठबन्धनबाट चुनावमा होमिएका अधिकारी महानगर भित्र खसेको कुल मत १ लाख २७ हजार ५६८ मत मध्ये ५२ हजार ८०३ मत ल्याउदैं विजयी भएका हुन् । उनले निकटमत प्रतिद्धन्द्धी एमाले र राप्रपा गठबन्धनका उम्मेदवार हिमला गुरुङलाई २२ हजार १९१ मतले पछाडी पारे । गुरुङले ३० हजार ६१२ मतमा चित्त बुझाउन बाध्य भईन् । निर्वाचित अधिकारी राजनितिकर्मीसँगै सामाजिक अभियन्ता समेत हुन् । 

चित्रसेनको जिवनी
वि.सं. २०२४ साल जेठ १ गते बुवा हर्क बहादुर अधिकारी र आमा दुर्गा कुमारी अधिकारीको पहिलो सन्तानको रुपमा साबिक पार्वतपुर गाविस–९ हाल (भरतपुर २१) मा जन्मेका जन्मिएका हुन् ।  अधिकारीले राजनितिक शास्त्रमा स्नातक सम्मको अध्ययन पुरा गरेका छन । 

२०३८ सालबाट नेपाली काँग्रेसको राजनैतिक यात्रामा होमिएका अधिकारी २०४२ सालको सत्याग्रहमा सहभागी भएर नेतृत्व गरेका थिए । २०४६ सालको जनआन्दोलनमा हिरासतमा लामो समय आफ्नो जीवन बिताएका अधिकारी पार्टीका सबै कार्यक्रमहरुमा अग्रपक्तिमा रहेर नेतृत्व गर्दै आइरहेका छन । २०६२–६३ को आन्दोलनको नेतृत्व गरेर समाजमा उनको निकै प्रशंशा समेत भएको थियो ।  

अधिकारी काङ्ग्रेसको ११ औ माहाधिबेशनमा क्षेत्रिय प्रतिनिधि छानिदैं १२ औ महाधिबेशनमा क्षेत्रिय सदस्य हुँदै राजनीतिक यात्रामा आफुलाइ निखार्दैै पार्टीको १३ औ माहाधिबेशनमा जिल्ला सदस्य बनेका थिए । १४ औ महाधिबेशनमा भरतपुर महानगरको सभापति जस्तो गरिमामय पदमा निर्वाचित भएका थिए । बिसं. २०५४ को बहुदल प्राप्ति पछिको साबिक पार्बतिपुर गाबिसको वडा न ७ को वडा अध्यक्ष, २०७४ सालको स्थानीय निर्वाचनको भरतपुर २१ को वडाअध्यक्ष हुँदै महानगरको दलिय नेताको रुपमा रहि कार्य सम्पादन गरिसकेका छन ।

पार्बतिपुर खानेपानी उपभोक्ता समितिको वर्तमान अध्यक्ष , अन्नपूर्ण कलेजको संस्थापक सदस्य, पार्बतिपुर स्वास्थ्य चौकिको व्यवस्थापन समितिको अध्यक्ष समेत भईसकेका छन् । अधिकारी भरतपुर माहानगरपालिकाको उपमेयर पदमा निर्वाचित भएसँगै वडाबासी समेत खुसी र दंग छन् । निर्वाचित भएसंगै समग्र नगरको विकासको भारी भने उनको काँधमा थपिएको छ । चुनाव अघि गरेको प्रतिबद्धता कार्यान्वयमा नागरिकले चासो दिएर हेर्ने भएकाले त्यता तर्फ प्रमुखताका साथ उनले ध्यान दिनैपर्छ । अबको ५ वर्षेकाल उपमेयर अधिकारीको सफल रहोस, शुभकामना । 

प्रतिक्रिया दिनुहोस