लाइपजिगले जित्यो जर्मन कपको उपाधि

सफल खबर संवाददाता

आइतबार, ०८ जेठ २०७९, १० : ४३
लाइपजिगले जित्यो जर्मन कपको उपाधि

काठमाडौं । नौ खेलाडीमा सीमित लाइपजिगले शनिबार राति फ्रेइबर्गलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै जर्मन कपको उपाधि जितेको छ । लाइपजिगको क्लब इतिहासमा जितेको यो पहिलो उपाधि हो ।

निर्धारित समय १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । म्याक्सिमिलियन इगेस्टिनले १९औँ मिनेटमा गरेको गोलबाट फ्रेइबर्गले अग्रता लिएको थियो ।५७औँ मिनेटमा मार्सेल हाल्सटेनबर्गले रातो कार्डको सामना गरेपछि लाइपजिग १० खेलाडीमा सीमित बनेको थियो । तर, त्यसको फाइदा फ्रेइबर्गले लिन सकेन ।

७६औँ मिनेटमा क्रिस्टोफर एनकुकुले बराबरी गोल फर्काए । निर्धारित ९० मिनेटको समय १–१ को बराबरीमा सकिएपछि ३० मिनेट समय थप गरिएको थियो । थप समयमा पनि गोल हुन नसकेपछि पेनाल्टी सुटआउटबाट खेलको निर्णय लिइएको हो । थप समय सकिन दुई मिनेट बाँकी हुँदा केभिन काम्पलले दोस्रो पहेँलो कार्डको सामना गरेपछि लाइपजिग नौ खेलाडीमा सीमित बनेको थियो ।

पेनाल्टी सुटआउटमा फ्रेइबर्गका क्रिस्टियन गुन्टर र इर्मेडिन डेमिरोभिक गोल गर्न चुके । लाइपजिगका पाँचै खेलाडीले गोल गरेका थिए । योसँगै लाइपजिगले पहिलो उपाधि उचाल्यो ।

 

प्रतिक्रिया दिनुहोस