वैशाख ३० मा रोकिएको दुई नगरपालिकाको मतदानबारे निर्वाचन आयोग किन मौन

सफल खबर संवाददाता

आइतबार, ०८ जेठ २०७९, १० : १८
वैशाख ३० मा रोकिएको दुई नगरपालिकाको मतदानबारे निर्वाचन आयोग किन मौन

काठमाडौं । निर्वाचन आयोगले दुईवटा नगरपालिकाको बारेमा के गर्ने भन्नेबारे अझै टुंगो लगाउन सकेको छैन्। अधिकांश स्थानीय तहको मतगणना सकिनै लाग्दा पनि आयोग दुई नगरपालिकाको मतदान गर्ने वा मतगणना सुरु गर्ने भन्नेमा अन्योल नै छ। 

वैशाख ३० मा बाजुराको बुढीगंगा नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिकामा मतदान रोकिएको थियो।  बाजुराको बुढीगङ्गा नगरपालिका–५ भानोदय मावि मतदान केन्द्रमा एमाले र कांग्रेसका कार्यकर्ताबीच  झडप भएको थियो। झडपपछि मतदान कार्यको व्यवस्थापनमा राखिएका सामग्रीहरु पनि तोडफोड भएका थिए। त्यसपछि त्यहाँ मतदान नै रोकियो।

यसै गरी उदयपुरको त्रियुगा नगरपालिकामा चुनाव भइरहँदा ३० गते दिउँसो मुसलधारे पानी  परेर रोकियो।  पानीबाट ओत लाग्न मतदाताको भागाभाग हुँदा मतदान अधिकृतले रोके। तर यसबारे कुनै निर्णय नै नगरी मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश दीपक खनालले राजीनामा दिए।  

मतदान र गणनाको टुंगो नलाग्दै मुख्य निर्वाचन अधिकृतले छाडेपछि निर्वाचन आयोगले जिल्ला अदालत उदयपुरकै न्यायाधीश उत्तम सिलवाललाई जिम्मेवारी दिएको छ। तर पनि अझै के गर्ने भन्नेबारे टुंगो लागेको छैन्। 

प्रतिक्रिया दिनुहोस