वीरगञ्ज महानगरमा जसपाका उम्मेदवार सिंहको अग्रता कायमै, निवर्तमान मेयर सरावगीसंग १५ हजारको मतान्तर

सफल खबर संवाददाता

आइतबार, ०८ जेठ २०७९, ०८ : ५१
वीरगञ्ज महानगरमा जसपाका उम्मेदवार सिंहको अग्रता कायमै, निवर्तमान मेयर सरावगीसंग १५ हजारको मतान्तर

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार नगरप्रमुख पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले ३२ हजार १५८ मतसहित अग्रता लिएका छन् ।

स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा एमालेका  विजयकुमार सरावगी १६ हजार ८२२ मतसहित दोस्रो स्थानमा छन् ।महानगरपालिकाका ३२ वडा मध्ये  विभिन्न १५  वडाका  ६५ हजार ५३३ मत मतगणना सम्पन्न भएको छ । मतणना गर्न लामो समय लाग्ने भएका कारण अन्तिम नतिजा आउन केही दिन लाग्ने छ ।

मधेस प्रदेशको एकमात्र महानगरपालिका नेतृत्वका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र  जनता समाजवादी पार्टी (जसपा) बीच तालमेल बनाएर सिंहलाई उम्मेदवार बनाएको थियो भने नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीचको  गठबन्धनबाट निवर्तमान नगरप्रमुख सरावगीलाई उम्मेदवार बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस