इन्डोनेसियाले खुलायो पाम तेलको निर्यात

एजेन्सी

शनिबार, ०७ जेठ २०७९, १७ : १०
इन्डोनेसियाले खुलायो पाम तेलको निर्यात

एजेन्सी । इन्डोनेसियाले पाम तेलमा लगाएको प्रतिबन्ध सोमबारदेखि हटाउने घोषणा गरेको छ । यसअघि विश्वकै ठूलो पाम तेल निर्यातक मुलुक इन्डोनेसियाले देशको आन्तरिक माग धान्ने भन्दै यसको निर्यातमा रोक लगाएको थियो ।

इन्डोनेसियाले अघिल्लो महिना घरेलु बजारमा बढिरहेको खाने तेलको मूल्य घटाउन पाम तेलको निर्यात रोकेको हो । राष्ट्रपति जोको विडोडोले प्रतिबन्ध हटाउने घोषणा गर्दै भने, ‘यो निर्णयले विश्वमा खाद्य तेलको कमी पूर्ति गर्न सहयोग पुग्छ ।’

रुस–युक्रेन युद्धका कारण विश्वभर खाद्य तेलको अभाव सुरू भएको छ । यस्तै, विश्वभर खाने तेलको मूल्य अचाक्ली बढेको छ । इन्डोनेसियाले पाम खेती र यसको उद्योगमा लागेका १ करोड ७० लाख मानिसलाई राहत दिलाउन प्रतिबन्ध हटाउने निर्णय गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस