पोखरा । पोखरा महानगरपालिकामा मतगणना जारी छ । हालसम्म ५० प्रतिशत भन्दा बढी गणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कुल ३३ वटा वडा रहेको महानगरमा हालसम्म १६ वटा वडाको नतिजा आइसकेको छ ।
जसमध्ये नेपाली कांग्रेसले ११ वटा वडा र नेकपा एमालेले ५ वटा वडामा जित हासिल गरेको छ । महानगरका २, ३, ४, ७, ९, १२, १३, २३, २४, २५ र २६ वडामा नेपाली कांग्रेसले वडाध्यक्ष जितेको छ भने १, ५, ६, ८ र २० वडामा नेकपा एमालेले जितेको छ ।
अहिले १०, ११, १४, १५, १६, २७, २८ र २९ गणना भइरहेको छ । केहिबेरपछि १७, ३० र ३१ को मतगणना गर्न लागिएको छ । १६, १७, २१, ३३ लगायत वडाहरुमा बढी मतदाता छन् । ५० प्रतिशतभन्दा बढी गणना सकिँदा गठबन्धन उम्मेद्वारको अग्रता कायम छ । आचार्यले २९ हजार ८ सय ७ मत प्राप्त गरेका छन् भने एमालेका कृष्णबहादुर थापाले २६ हजार ३ सय ६५ मत प्राप्त गरेका छन् । ७२ हजार ९ सय १८ मत गणना हुँदा आचार्यले ३ हजार ४ सय ४२ मतले अग्रता कायम गरेका छन् ।
मेयरका अर्का उम्मेदवार राप्रपाका शंकर प्रसाद खरालले ३ हजार १ सय ४५ र लौरो चिन्हका स्वतन्त्र उम्मेदवार गनेस पौडेलले १ हजार ९ सय ६६ मत पाएका छन् । उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाट झिनो अन्तरले अगििड छिन् । उनले ३० हजार २ सय ६० मत ल्याएकी छन् भने नेकपा एमालेकी मञ्जुदेवी गुरुङले ३० हजार १ सय ७६ मत प्राप्त गरेकी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ जेठ २०७९, ०६ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नयाँ वर्ष मनाउन पोखरामा पर्यटकको घुइँचोः ८० प्रतिशत होटल ‘अकुपेन्सी’, फेवा महोत्सव दोस्रो ‘ब्रान्ड’
पर्यटन राजधानी पोखरा : जाग्दै आशा, बढ्दै लगानी
पोखराका होटलमा पर्यटकको चहलपहल बढयो
पोखरामा बस दुर्घटना, दुई जना घाइते
नयाँ वर्षको अवसरमा पोखराका होटलमा छुट
पोखरा आजदेखि पर्यटनको राजधानी सहर घोषणा