विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस विजयी

सफल खबर संवाददाता

शनिबार, ०७ जेठ २०७९, ०६ : ४४
विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस विजयी

काठमाडौं । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली काँग्रेस विजयी भएको छ । सो पार्टीका उम्मेदवार नागेश कोइराला विजयी भएका हुन् । गएराति सार्वजनिक गरिएको मतपरिणामको अन्तिम मतपरिणामअनुसार कोइराला ३० हजार १७० मतका साथ विजयी भएका हुन् । 

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सागर कुमार थापाले २१ हजार ४५५ मत पाए । स्वतन्त्र उम्मेदवार उमेश कुमार यादन तेस्रो भए । यसैगरी सो महानगरपालिकाको उपमेयरमा एमालेकी शिल्पा कार्की विजयी भइन् । उनले जसपाका अमरेन्द्र यादवलाई पराजित गर्दै विजयी भएकी हुन् । शिल्पाले २५ हजार ६८० मत पाउँदा अमरेन्द्रले १४ हजार २१९ मत पाए ।

प्रतिक्रिया दिनुहोस