हावाहुरीका कारण नारायणी पुलमा ट्रक दुर्घटना

सफल खबर संवाददाता

शुक्रबार, ०६ जेठ २०७९, २० : ०६
हावाहुरीका कारण नारायणी पुलमा ट्रक दुर्घटना

File-photo

काठमाडौं । शुक्रबार साँझ आएको हावाहुरीका कारण चितवनको नारायणी नदी पुलमा ट्रक पल्टिएको छ ।

तीव्र गतिको हावाहुरीका कारण ट्रक दुर्घटना भएको प्रहरीले जनाएको छ ।  

प्रहरीका अनुसार ट्रकमा सवार २ जना सामान्य घाइते भएका छन् भने उनीहरुलाई उपचारका लागि स्थानीय अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस