हावाहुरीले ढालेको रुखले लागेर २ जनाको मृत्यु, ५ घाइते

सफल खबर संवाददाता

मंगलबार, ०३ चैत्र २०८२, ०७ : ४०
हावाहुरीले ढालेको रुखले लागेर २ जनाको मृत्यु, ५ घाइते

File Photo

उदयपुर । उदयपुरमा हावाहुरीको कारण ढलेको रुखले लागेर २ जनाको मृत्यु भएको छ। घटनामा अन्य ५ जना घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आइतबार साँझ आएको हावाले कटारीमा २ जनाको मृत्यु भएको हो

मृत्यु हुनेमा कटारी नगरपालिका–८ थलीयाटारकी मिनामाया तामाङ र कटारी नगरपालिका–५ निवासी ६४ वर्षीय वीरेन्द्र चौधरी रहेका छन् । अन्य पाँचजना सामान्य घाइते छन्।

प्रतिक्रिया दिनुहोस