स्थानीय तह निर्वाचन

काठमाडौँ महानगर: बालेन्द्र शाहको अग्रता कायमै, १३,२२५ मतले अघि

सफल खबर संवाददाता

शुक्रबार, ०६ जेठ २०७९, १२ : ४९
काठमाडौँ महानगर: बालेन्द्र शाहको अग्रता कायमै, १३,२२५ मतले अघि

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले फराकिलो अग्रता कायमै राखेका छन् । 

पछिल्लोपटक प्राप्त मत परिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार शाहले २७ हजार ९६७ मतसहित अग्रतालाई निरन्तरता दिएका छन् । यो मत दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितको भन्दा १३ हजार २२५ मत बढी हो । स्थापितले हालसम्म १४ हजार ७८२ मत पाएका छन् ।

त्यस्तै, गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले १४ हजार ४३९ मत पाएकी छन् । हाल प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृमा मतगणना भइरहेको छ।