विदुर नगरपालिकाको उपमेयरमा गठबन्धनका उम्मेदवार बोगटी विजयी

सफल खबर संवाददाता

शुक्रबार, ०६ जेठ २०७९, १२ : ०१
विदुर नगरपालिकाको उपमेयरमा गठबन्धनका उम्मेदवार बोगटी विजयी

नुवाकोट । नुवाकोटको विदुर नगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । मेयरमा नेपाली कांग्रेसका राजन श्रेष्ठ र उपमेयरमा माओवादी केन्द्रकी प्रभा बोगटी विजयी भएका छन् ।एमालेका सञ्जु पण्डितलाई पराजित गर्दै कांग्रेसका श्रेष्ठ मेयर विजयी भएका हुन् । पण्डित यसअघि विदुरको मेयर थिए । एमालेकी अम्बिका नेपाललाई पराजित गर्दै माओवादीकी बोगटी उपमेयर निर्वाचित भएकी हुन् । 

लामो समय पत्रकारिता क्षेत्रमा काम गरेकी बोगटी माओवादीका पूर्व महासचिव स्व पोष्टबहादुर बोगटीकी छोरी हुन् । 

प्रतिक्रिया दिनुहोस