एन्फाका पूर्वअध्यक्ष गणेश थापालाई फिफाको चेतावनी

सफल खबर संवाददाता

विहीबार, ०५ जेठ २०७९, ०७ : ०८
एन्फाका पूर्वअध्यक्ष गणेश थापालाई फिफाको चेतावनी

काठमाडौं । प्रतिबन्धमा परेका अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापालाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले फुटबलसम्बन्धी कुनै पनि गतिविधिमा संलग्न नहुन चेतावनी दिएको छ ।

फिफाले बुधबार थापामाथिको प्रतिबन्धको स्मरण गराउँदै फिफाका अधिकृत मुख्य केनी जिन मारी र एएफसीका उपमहासचिव वाहिद कर्दनीले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेखेका हुन् । 

‘विवादित प्रतिबन्ध रहेसम्म फिफा एन्फा र यस सम्बन्धित सदस्यहरुले गणेश थापालाई राष्ट्रिय वा अन्तर्राष्ट्रिय कुनै पनि प्रकारको (व्यवस्थापकीय, खेल वा अन्य) फुटबल गतिविधिमा संलग्न हुन नदिने अपेक्षा गर्दछ,’ फिफाको पत्रमा उल्लेख छ ।

पत्रमा फिफाले एन्फालाई निर्णय उल्लंघन गरेमा थप कारबाहीका लागि फिफा अनुशासन समितिमा रिर्पोट गर्न भनेको छ ।यसअघि फिफाको सन् २०१५ मा नैतिक कमिटिको न्यायिक चेम्बरले थापालाई उपहार तथा अन्य सुविधा दिने, लिने र घुसखोरी र भ्रष्टचार गरेका भन्दै १० वर्ष प्रतिबन्ध लगाउने निर्णय गरेका थियो ।

गत हप्ता थापाले पत्रकार सम्मेलन गर्दै आफूविरुद्ध हालका अध्यक्ष कर्मा छिरिङ शेर्पाले लगाएको १४ आरोप प्रमाणित गर्न चुनौती दिएका थिए ।

प्रतिक्रिया दिनुहोस