काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा आज (बिहीबार)देखि एन्फा महिला लिग छनोट आयोजना हुँदैछ ।
प्रतियोगिताको उद्घाटन खेलमा आज छहारी फुटबल क्लब र एफसी रियल भिड्नेछन् । खेल ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा दिउँसो १ बजे सुरु हुनेछ ।
यस्तै, आजै हुने दोस्रो खेलमा सङ्कटा क्लब र नेपाल खेलकुद क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल अपराह्न सवा ४ बजे सुरु हुनेछ ।प्रतियोगितामा १४ टोलीको सहभागिता रहने छ । सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । खेल राउन्ड रोबिन लिगका आधारमा हुनेछ ।
प्रतियोगितामा जम्मा ४३ खेल हुने छन् । खेलहरू सातदोबाटोसहित च्यासल मैदानमा हुनेछन् ।समूह ‘ए’ मा चर्च ब्वाइज युनाइटेड, छहारी फुटबल क्लब, राप्ती एफसी, सिन्धुपाल्चोक एफसी, स्टुडेन्ट फुटबल क्लब, आरबी रिसोर्ट एन्ड बिच फुटबल तथा एफसी रियल छन् ।
यस्तै, समूह ‘बी’ मा न्युरोड टिम (एनआरटी), सङ्कटा एफसी, बुटवल लुम्बिनी एफसी, एन्बिएम पोखरा गर्ल्स एफसी, झापा एफसी, लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टर तथा नेपाल खेलकुद क्लब छन् ।
प्रतियोगितामा सहभागी मध्येबाट उत्कृष्ट ५ टोली एन्फा महिला लिगमा छनोट हुने छन् ।
साथै, दुवै समूहमा शीर्ष दुई स्थान पाउने टोली एन्फा लिगमा सहभागी हुने छन् भने समूहमा तेस्रो स्थान पाउने दुई टोलीको बीचमा प्ले अफ खेल मार्फत पाँचौँ टोलीको टुङ्गो लाग्ने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ साउन २०८२, ०८ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फिफाले एन्फामाथिको आर्थिक बन्देज हटायो
एन्फाको सहायक महासचिव जोशीले दिए पदबाट राजीनामा
एन्फाको वार्षिक बजेट डेढ अर्ब
खेलाडीका परिवारलाई ८ लाखका दरले राहत
एन्फा महिला लिगमा आज दुई खेल हुँदै
एन्फाले उत्कृष्ट खेलाडीलाई कार दिने