स्थानीय तह निर्वाचन

भरतपुर महानगर अपडेट: रेनु दाहालले लिईन २००० मतले अग्रता, ३० हजार २५२ मत गन्दा दाहालको ११०९० मत

सफल खबर संवाददाता

बुधबार, ०४ जेठ २०७९, १८ : २०
भरतपुर महानगर अपडेट: रेनु दाहालले लिईन २००० मतले अग्रता, ३० हजार २५२ मत गन्दा दाहालको ११०९० मत

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र)की उम्मेदवार रेणु दाहालले अग्रता बढाउँदै लगेकी छन् । रेणुले नेकपा (एमाले)का विजय सुवेदीलाई २००० मतले पछि पारेकी छन् ।

हालसम्म ३०,२५२ मत गणना हुँदा गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेनु दाहालले ११ हजार ९० मत प्राप्त गरेकी छन् । त्यस्तै नेकपा (एमाले)का विजय सुवेदीले ९ हजार ९० मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ९५८ मत प्राप्त गरेका छन् । त्यस्तै उपमेयरतर्फ नेपाली काँग्रेसका चित्रसेन अधिकारीले १३ हजार २४५ मतका साथ अग्रता कायम राखेका छन् । राप्रपाकी हिमला गुरुङले ७ हजार ३७१ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस