काठमाडाैं । पाँचथरको मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका अमरराज माखिम फेरि निर्वाचित भएका छन् । उनले अध्यक्ष पदमा ६ हजार ६५ मत प्राप्त गरे । सत्ता गठबन्धनका उनले नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार नरेन्द्र बस्नेत पराजित गरेका हुन् ।
बस्नेतले ४ हजार २६ मत प्राप्त गरेकाे निर्वाचन अधिकृतकाे कार्यालय मिक्लाजुङले जनाएकाे छ । उनीहरूबीचकाे मतान्तर २ हजार ३९ हाे । यसअघि २०७४ सालमा पनि माखिम माओवादी केन्द्रबाट अध्यक्षमा निर्वाचित भए । त्यतिबेला उनले नेपाली कांग्रेसका खड्गसुन्दर लावतीलाई पराजित गरेका थिए ।
माखिमले पाएका सेवा सुविधाले अपाङ्गता भएका र विपन्न बालबालिकालाई पठनपाठनमा सहयाेग गरेका थिए । सवारी साधन नकिनेकाे, किसानहरूलाई प्राेत्साहन गरेकाे, सेवा प्रवाह चुस्त बनाएकाे भन्दै उनले वावाही पाउका थिए । उनै माखिम दाेस्राे कार्यकालका लागि निर्वाचित भएका हुन् ।
गाउँपालिकाकाे उपाध्यक्षमा पनि गठबन्धनकै तर्फबाट कांग्रेसका सन्ताेषकुमार सेर्मा निर्वाचित भएका छन् । उनले ५ हजार ५ सय ४२ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी धनमाया सारुले ३ हजार ३ सय ७२ मत प्राप्त गरिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ जेठ २०७९, १३ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माओवादीले देशभर मसाल जुलुस निकाल्ने
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन