काठमाडाैं । पाँचथरको मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका अमरराज माखिम फेरि निर्वाचित भएका छन् । उनले अध्यक्ष पदमा ६ हजार ६५ मत प्राप्त गरे । सत्ता गठबन्धनका उनले नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार नरेन्द्र बस्नेत पराजित गरेका हुन् ।
बस्नेतले ४ हजार २६ मत प्राप्त गरेकाे निर्वाचन अधिकृतकाे कार्यालय मिक्लाजुङले जनाएकाे छ । उनीहरूबीचकाे मतान्तर २ हजार ३९ हाे । यसअघि २०७४ सालमा पनि माखिम माओवादी केन्द्रबाट अध्यक्षमा निर्वाचित भए । त्यतिबेला उनले नेपाली कांग्रेसका खड्गसुन्दर लावतीलाई पराजित गरेका थिए ।
माखिमले पाएका सेवा सुविधाले अपाङ्गता भएका र विपन्न बालबालिकालाई पठनपाठनमा सहयाेग गरेका थिए । सवारी साधन नकिनेकाे, किसानहरूलाई प्राेत्साहन गरेकाे, सेवा प्रवाह चुस्त बनाएकाे भन्दै उनले वावाही पाउका थिए । उनै माखिम दाेस्राे कार्यकालका लागि निर्वाचित भएका हुन् ।
गाउँपालिकाकाे उपाध्यक्षमा पनि गठबन्धनकै तर्फबाट कांग्रेसका सन्ताेषकुमार सेर्मा निर्वाचित भएका छन् । उनले ५ हजार ५ सय ४२ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी धनमाया सारुले ३ हजार ३ सय ७२ मत प्राप्त गरिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ जेठ २०७९, १३ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अखिल क्रान्तिकारी चितवनले गर्यो जेन जि आन्दोलनमाथि भएको दमनको निष्पक्ष छानबिन र न्यायको माग
काँग्रेस र एमालेलाई चुनावको पक्षमा उभिन माओवादीको अपिल
अखिल (क्रान्तिकारी) चितवनका जिल्ला अध्यक्षमा इ. सुशिल कार्की (अब्दुल) चयन
माओवादी निकट जेनजीको संगठन, तिहार लगत्तै एक्सनमा उत्रिने तयारी
मतदाता नामावली अद्यावधिक कार्यमा गम्भीर बन्न पार्टी पङ्क्तिलाई माओवादीको पत्र
चुनावमा जाने निर्णय गरेका छौँ : प्रचण्ड