चितवन । चितवनको राप्ती नगरपालिका–१२ मा काँग्रेसले क्लिन स्विप गरेको छ । प्यानलनै सहित निर्वाचित भएको सो वडाको वडाध्यक्षमा अर्जुन चेपाङ्ग निर्वाचित भएका छन् ।
चेपाङ्गले ५७१ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्धन्द्धी स्वतन्त्र उम्मेदवार कैचि चिन्हका हरी बहादुर तामाङ्गले ३८४ मत र एमालेका धर्मजित तितुङ्ग १७३ मत प्राप्त गर्न सफल रहे । त्यस्तै वडासदस्यमाअशोक जिम्वा ५४३ मत, जित बहादुर प्रजा मत ५३१ , इन्दु माया तामाङ्ग ५७३ मत , दलित महिला सदस्य शान्तीमाया कामिले ५६८ मत ल्याएका छन् ।
यस्तै राप्ती नगरपालिकाको मेयरमा गठबनधनको तर्फबाट मेयरका प्रत्यासी शमशेर लामाले ३३४२, उपमेयर देवेन्द्र लामाले ३२४५ मत ल्याई अग्रता कायम गरेका छने भने निकटतम प्रतिद्धन्द्धी एमालेका गोविन्द प्रसाद कडेल २५८४ मत र उपमेयर मेनुका पाठकले २९४० मत ल्याएका छन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ जेठ २०७९, ०९ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवन–२ मा रास्वपा सभापति लामिछानेको अग्रता
चितवनमा निर्वाचन कर्मचारीले नै भोट के मा हाल्नुभयो भनेर सोधेपछि पक्राउ
चितवनका बुद्धिजीवीहरू रेनु दाहाललाई जिताउन एकजुट
चितवनमा निर्वाचनका लागि दुई हजार नौ सय बढी कर्मचारी परिचालन गरिने
चितवनमा मतदानस्थलको सुरक्षा मूल्यांकन सम्पन्न
चितवनमा नागरिकता त्याग्नेभन्दा गैर आवासीय नागरिकता लिने बढी