बारामा १७ वडाको मतगणना सकियो, कसले कहाँ जिते ?

सफल खबर संवाददाता

आइतबार, ०१ जेठ २०७९, २३ : २२
बारामा १७ वडाको मतगणना सकियो, कसले कहाँ जिते ?

काठमाडौं । बारा जिल्लाको बिभिन्न पालिकाहरुमा गरी अहिले सम्म १७ स्थानमा वडाअध्यक्षको मत गणना सम्पन्न भएको छ ।

१७ विजयी वडाहरुमा नेपाली कांग्रेस १२ स्थानमा बिजयी भएको छ भने एमाले ३ वडामा र जसपा २ वडामा विजयी भएका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिकामाको वडा नम्बर १, २२, २४ गरी तीन वडामा कांग्रेस र २३ नं. वडामा एमालेले जित हासिल गरेको छ ।

त्यस्तै सिम्रौनगढ नगरपालिकामा नेपाली कांग्रेसले वडा नम्बर १ र २ मा जीत हात पारेको छ ।

कोल्हवी नगरपालिकामा १०, ११ मा नेपाली कांग्रेसले वडा अध्यक्षमा जित हात पारेको छ । त्यसैगरी प्रसौनी गाँउपालिकाको वडा २ मा काग्रेस बिजयी भएको छ भने १ नं. वडामा एमाले जीत हात पारेको छ ।

परवानीपुर गाँउपालिकाको वडा नम्बर १ मा एमाले र , २ मा नेपाली कांग्रेसका उम्मेदवारले जीत हात पारेका हुन् ।

त्यस्तै निजगढ नगरपालिकाको वडा नम्बर १२, १३ वडाअध्यक्षमा नेपाली कांग्रेसले जित हात पारेको छ ।

त्यसैगरी करैयामाई गाँउपालिकामा वडा नम्बर १ र ८ मा क्रमश जसपा र एमाले निर्वाचित भएको जिल्ला निर्वाचन अधिकारी सरोज कुमार चौधरीले बताए । 

आर्दश कोतवाल गाँउपालिकाको वडा नम्बर १ मा जसपाका उम्मेदवारले जीत हात पारेका हुन् । त्यसैगरी कलैया उपमहानगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसले जित हात पारेको छ । 

प्रतिक्रिया दिनुहोस