जुम्ला । जुम्लाको गुठीचौरगाउँपालिका-३ गज्याङकोटमा पुन: मतदान सुरू भएको छ । गत शुक्रबार शंकर माध्यामिक विद्यालयमा झडप हुँदा यहाँ मतदान स्थगित भएको थियाे ।फेरी झडपकाे स्थिति नहाेस् भनेर मतदान स्थलमा सुरक्षाकर्मीकाे उपस्थिति बाक्लाे पारिएकाे छ । यहाँ झण्डै एक मतदाता एक सुरक्षाकर्मीकाे अवस्था छ ।
प्रमुख जिल्ला अधिकारी बिजयकुमारी प्रसाई, नेपाली सेनाका गणपति रविन थापा, सशस्त्र प्रहरी बल ३३ नम्बर गणका गणपति चित्रांगत दाहाल, प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दसहितको टिम मतदान स्थलमा पुगेकाे छ ।
निर्वाचन अधिकृत तुलराज चौलगाईका अनुसार अहिलेसम्म एक सय ८८ मत खसिसकेको छ । आजकाे निर्वाचन भयरहित अवस्थामा सम्पन्न हुने निर्वाचन अधिकृत शम्भु गौतमले जानकारी दिए । एक हजार सात मतदाता रहेकाे यस केन्द्रमा ३० वैशाखमा तीन सय २० मत खसिसकेपछि स्थगित भएकाे थियाे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ जेठ २०७९, १३ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै
जुम्लाका किसानलाई मार्सी धान रोप्न भ्याइनभ्याइ
असिनापानीले जुम्लामा स्याउका बिरुवामा क्षति
जुम्लामा शैक्षिक सत्र अगावै पाठ्यपुस्तक पुग्यो
जुम्लामा वर्षा र हिमपात, किसानलाई राहत (तस्वीरहरू)
जुम्लाको दुर्गम गाउँ सडक सञ्जालमा जोडियो