काठमाडौँ । पूर्व युवराज्ञी हिमानी शाह छोरा हृदयेन्द्र शाहसहित जुम्ला पुगेकी छन् । हिमानी ट्रस्टले जुम्लाको गुठिचौर गाउँपालिकाअन्तर्गत मनिसाङ्घमा निर्माण गर्न लागेको सुत्केरी सेवा केन्द्रको शिलान्यासका लागि पूर्व युवराज्ञी शाह जुम्ला पुगेकी हुन् ।
जुम्ला विमानस्थलमा उनलाई स्थानीयवासीले स्वागत गरेका थिए । हिमानी ट्रस्टले सामाजिक सेवाअन्तर्गत सुत्केरी सेवा केन्द्र बनाउन लागेको हो ।
उक्त क्षेत्रमा मातृ तथा नवजात स्वास्थ्य सेवा सुदृढ बनाउने दिशातर्फ सार्थक र भावनात्मक योगदानका रूपमा लिइएको स्थानीयवासीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ जेठ २०८२, १६ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जुम्लाका किसानलाई मार्सी धान रोप्न भ्याइनभ्याइ
असिनापानीले जुम्लामा स्याउका बिरुवामा क्षति
जुम्लामा शैक्षिक सत्र अगावै पाठ्यपुस्तक पुग्यो
जुम्लामा वर्षा र हिमपात, किसानलाई राहत (तस्वीरहरू)
जुम्लाको दुर्गम गाउँ सडक सञ्जालमा जोडियो
सुगम क्षेत्र छाडेर चिकित्सा शिक्षा पढ्न जुम्ला रोज्दै विद्यार्थी