पोखरा । हालसम्म गण्डकी प्रदेशका आठ पालिकाको नतिजा सार्वजनिक भएको छ । यसमध्ये मनाङका सबै पालिकाको गणना सकिएको छ भने मुस्ताङका चार पालिकाको गणना पूरा भएको छ । हालसम्म यहाँ एमालेले पाँच पालिकामा जित निकालेकाे छ ।
कांग्रेसले भने तीन पालिका मात्रै जितेको छ । अरु पार्टीले यहाँ जितेका छैनन् । एमालेले मनाङको चामे र मनाङ ङिस्याङ, मुस्ताङको लोघेकर दामोदर कुण्ड, लोमान्थाङ र बारागुङ मुक्ति क्षेत्रमा अध्यक्ष जितेको छ ।
कांग्रेसले मनाङको नासों, नार्पाभूमि र मुस्ताङको घरपझोङ गाउँपालिकामा अध्यक्ष जितेको छ । यसअघि कांग्रेसले जितेको लोमान्थाङ र बारागुङ मुक्ति क्षेत्रमा एमालेले इन्ट्री गरेको छ भने यसअघि एमालेले जितेको घरपझोङमा सोटै कांग्रेस विजयी भएको छ । पाँच पालिका रहेको मुस्ताङको थासाङमा गणना भैरहेको छ । यसअघि यहाँ कांग्रेसले जितेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३१ बैशाख २०७९, १५ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै
गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा मन्त्रिपरिषद् हेरफेर, नयाँ मन्त्रीहरूले लिए शपथ
अर्जुन कुमालको शतकमा लुम्बिनीविरुद्ध गण्डकीको सहज जित
गण्डकी प्रदेश सभा बैठक आज मन्त्रालयको सभाहलमा बस्दै
गण्डकीमा ७९ हजार बढी हेक्टरमा रोपाइँ
गण्डकी प्रदेश सभा बैठक बस्दै