पोखरा । हालसम्म गण्डकी प्रदेशका आठ पालिकाको नतिजा सार्वजनिक भएको छ । यसमध्ये मनाङका सबै पालिकाको गणना सकिएको छ भने मुस्ताङका चार पालिकाको गणना पूरा भएको छ । हालसम्म यहाँ एमालेले पाँच पालिकामा जित निकालेकाे छ ।
कांग्रेसले भने तीन पालिका मात्रै जितेको छ । अरु पार्टीले यहाँ जितेका छैनन् । एमालेले मनाङको चामे र मनाङ ङिस्याङ, मुस्ताङको लोघेकर दामोदर कुण्ड, लोमान्थाङ र बारागुङ मुक्ति क्षेत्रमा अध्यक्ष जितेको छ ।
कांग्रेसले मनाङको नासों, नार्पाभूमि र मुस्ताङको घरपझोङ गाउँपालिकामा अध्यक्ष जितेको छ । यसअघि कांग्रेसले जितेको लोमान्थाङ र बारागुङ मुक्ति क्षेत्रमा एमालेले इन्ट्री गरेको छ भने यसअघि एमालेले जितेको घरपझोङमा सोटै कांग्रेस विजयी भएको छ । पाँच पालिका रहेको मुस्ताङको थासाङमा गणना भैरहेको छ । यसअघि यहाँ कांग्रेसले जितेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३१ बैशाख २०७९, १५ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकी प्रदेश सभा बैठक बस्दै
भारतले गण्डकीका ७ स्वास्थ्य संस्थालाई दियो एम्बुलेन्स
आज गण्डकी प्रदेशको नीति तथा कार्यक्रम
गण्डकीका १२ ‘स्याटेलाइट’ अस्पतालमा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना विकास
गण्डकी र लुम्बिनी प्रदेश जोड्ने पुल निर्माण अन्तिम चरणमा
गण्डकीका भौतिक मन्त्री केसीद्वारा सय दिनको उपलब्धि सार्वजनिक