स्थानीय तह निर्वाचन

मतदान सकिए लगत्तै मतगणना सुरु हुन्छ : प्रवक्ता शालिग्राम शर्मा

सफल खबर संवाददाता

शुक्रबार, ३० बैशाख २०७९, १३ : २१
मतदान सकिए लगत्तै मतगणना सुरु हुन्छ : प्रवक्ता शालिग्राम शर्मा

काठमाडौं । निर्वाचन आयोगको प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदान सकिए लगत्तै प्रक्रिया पुर्‍याएर मतगणना सुरुगर्ने बताएका छन् ।

प्रवक्ता पौडेलले अहिलेसम्म छिटपुट घटनाबाहेक देशभर मतदान प्रक्रिया जारी रहेको भन्दै शुक्रबार १२ बजेसम्मको तथ्याङ्क अनुसार ३५ प्रतिशत मत खसेको बताए । प्रवक्ता पौडेलले मतदान सकिएलगत्तै मतगणना सुरु हुने भन्दै आगामी एक साताभित्रमा सबै तहको मत परिणाम सार्वजनिक भइसक्ने जनाए ।

प्रतिक्रिया दिनुहोस