स्थानीय तह निर्वाचन

कालीकोटको एक मतदान केन्द्रमा मतदान स्थगित

सफल खबर संवाददाता

शुक्रबार, ३० बैशाख २०७९, १३ : ००
कालीकोटको एक मतदान केन्द्रमा मतदान स्थगित

सुर्खेत । कालीकोटको पचालझरना गाउँपालिका–१ को खयरकोटमा रहेको कालिका माध्यमिक मतदान केन्द्रमा राजनीतिक दलहरुबीच विवाद हुँदा मतदान स्थगित गरिएको छ । मतदानका बिषयमा माओवादी केन्द्रका कार्यक्रता र कांग्रेसका कार्यक्रताबीच विवाद हुँदा मतदान स्थगित गरिएको हो । 

 

मतदान केन्द्रमा ५८८ मतमध्ये ३१६ मत खसेपछि विवाद भएको मतदान अधिकृत रचना गुरुङ्गले बताइन् । अहिले पुनः मतदानका बिषयमा राजनीतिक दलहरुसँग छलफल भइरहेको उनले जानकारी दिइन् । 

प्रतिक्रिया दिनुहोस