काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले चुनावको विरोध गर्दै बिहीबार मसला जुलुस निकाल्ने क्रममा पक्राउ परेका नेता कार्यकर्तालाई तत्काल रिहा गर्न माग गरेका छन् ।
स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा बिहीबार साँझ काठमाडौंको असन चोकमा आयोजित मशाल जुलुस कार्यक्रममा पार्टीका दर्जन भन्दा बढी नेता तथा कार्यकर्ताह पक्राउ परेको वैद्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ पर्नेहरुमा पोलिटब्युरो सदस्य दिनेश शर्मा, केन्द्रीयहरु शारदा महत, वसन्त वोगटी, हरिकृष्ण गजुरेल, खगेन्द्र छन्त्याल, राम नेपाली सहित ढोग प्रसाद उपाध्याय, सुरेश तामाङ्, सुनिता बुढाथोकी, शेखर आचार्य, ज्ञानेन्द्र प्रजापति, अजय बज्राचार्य, टीका परेल, राजुलामा, अब्दुल सलाम, रामभक्त आचार्य लगायतका रहेका छन् ।
यसै गरी ललितपुरको महालक्ष्मी स्थान नजिकबाट श्याम केसीलाई पनि प्रहरीले पक्राउ गरेको वैद्यले जनाएका छन् ।
निर्वाचन बहिष्कारका लागि प्रचार प्रसार गर्न पाउने नागरिकहरुको अधिकारमाथि प्रहरी हस्तक्षेप गर्ने, राजबन्दीहरुलाई हतकडी लगाउने र शारीरिक तथा मानसिक यातना दिने कार्यले सरकारको फासीवादी रवैया देखिएको वैद्यले जनाएका छन् ।
उनले सो कार्यको विरोध गर्दै गिरफ्तारमा परेकाहरुलाई अविलम्ब र विना शर्त रिहा गर्न सरकार समक्ष जोडदार माग गरेका छन् । साथै वैद्यले देउवा सरकारको आलोचना गर्दै यस कार्यलाई लोकतन्त्र विरोधी रवैया संज्ञा दिएका छन् ।
यसविरुद्ध सशक्त आवाज उठाउन पनि उनले सच्चा कम्युनिस्ट, वामपन्थी र प्रगतिशील पार्टी, सङ्गठन तथा व्यक्तित्वहरुमा अपिल गरेका छन् । वैद्यको पार्टीले चुनाव बहिस्कारको नीति लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ बैशाख २०७९, २२ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ
३ केजी ४३५ ग्राम लागू औषधसहित थाई नागरिक पक्राउ
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
भरूवा बन्दुक सहित एक जना पक्राउ
लागुऔषध सहित सात जना पक्राउ
राप्ती नदीमा अनुमतिविना माछा मार्ने पक्राउ