भरतपुरको मतगणना स्थलमा फलामको जालीसहित सीसी क्यामेरा जडान (फोटोफिचर)

सफल खबर संवाददाता

विहीबार, २९ बैशाख २०७९, १७ : ३८
भरतपुरको मतगणना स्थलमा फलामको जालीसहित सीसी क्यामेरा जडान (फोटोफिचर)

चितवन । जिल्लाको भरतपुर महानगरपालिकाको मतगण्ना स्थलमा फलामको बार हालिएको छ । 

आयोगले मतगणना स्थलमा अनिवार्य सीसी क्यामराको व्यवस्था गर्न निर्देशन पनि दिइसकेको छ । सोही अनुसार फलामको बारसहित सीसी क्यामेरा जडान गरिएकोे मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकारी पुरूषोत्तम पौडेलले जानकारी दिए ।

स्थानीय तहको निर्वाचनका कारण यतिबेला देशकै ध्यान भरतपुर महानगरपालिकामा परेको छ । भरतपुरलाई दलहरुले प्रतिष्ठाको विषय नै बनाएका छन् । भरतपुर को मतगणना चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रको ‘सी’ ब्लकमा हुनेछ ।

अकस्मात् विजुली गएको खण्डमा स्वचालित जेनेरेटरको समेत व्यवस्था गरिएको छ । २९ वटा वडा रहेको भरतपुर महानगरपालिकामा एक लाख ८५ हजार मतदाता रहेका छन् । यहाँ मतदानको लागि ६५ मतदानस्थल र २०२ वटा मतदान केन्द्र रहेका छन् ।

प्रतिक्रिया दिनुहोस