काठमाडौं । सत्ता गठबन्धनले मैत्रीपूर्ण प्रतिस्पर्धा भएका पालिकामा अवस्था आकंलन गरेर मतदान गर्न सम्बद्ध पार्टीपंक्तिलाई आग्रह गरेको छ ।
गठबन्धनमा रहेका दलहरुबीच तालमेलको अधिक प्रयत्नका बावजुद कतिपय पालिकामा ‘मैत्रीपूर्ण प्रतिस्पर्धा’ भएकाले अवस्था हेरेर गठबन्धनभित्रकै जित्नसक्ने उम्मेदवारलाई मतदान गर्न मंगलबार संयुक्र वक्तव्यमार्फत आग्रह गरिएको हो ।
मौन अवधि सुरु हुने केही घण्टाअघि संयुक्त वक्तव्य जारी गर्दै गठबन्धन दलका नेताहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मतदानको सन्निकट आइपुग्दै गर्दा ‘मैत्रीपूर्ण प्रतिस्पर्धा’ मा उत्रेका विभिन्न पालिकाका विभिन्न पदका आफ्ना पार्टीका उम्मेदवारको अवस्था आकंलन गरी विजयको नजिक रहेका गठबन्धन दलका उम्मेदवारलाई मतदान गर्न पार्टी तहमा आह्वान गर्दछौं ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ बैशाख २०७९, २१ : ०९
लेखकबाट थप