चितवन । नेपाली काङ्ग्रेस चितवनले अज्ञात समुहबाट हत्या गरिएका बागमति प्रदेश प्रतिनिधि अनिल परियारलाई सहिद घोषणा गर्न नेपाल सरकारसंग माग गरेको छ ।नेपाली काङ्ग्रेस चितवनले आज पुन एक बिज्ञप्ति जारी गर्दै उक्त घटनाको यथाशिघ्र सत्यतथ्य पत्ता लगाई दोषीमाथी कडा भन्दा कडा सजाय गर्न पनि सम्बन्धित निकायसंग जोडदार माग गरेको छ ।
नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनाल द्वारा जारी बिज्ञप्तिमा भनिएको छ, निर्वाचन प्रचारप्रसारको सिलसिलामा खटिरहेका व्यक्ति माथी सुनियोजित तरिकाले साङ्घातिक आक्रमण गरि बिभत्स तरिकाले हत्या गरिएको घटनाले नेपाली कांग्रेस चितवनलाई स्तब्ध एवम् मर्माहित तुल्याएको छ ।
बिज्ञप्तिमा भनिएको छ, घटनाको न्यायीक छानबिन गरि दोषी उपर हदैसम्मको कानुनी कारवाही र मृतक अनिल परियारलाई सहिद घोषणा गर्न नेपाली कांग्रेस चितवन नेपाल सरकारसंग जोडदार माग गर्दछ । अन्यथा यस घटनाबाट श्रृजना हुने सम्पूर्ण परिस्थितिको जिम्मेवार स्वयम प्रशासन हुने छ बिज्ञप्तिमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ बैशाख २०७९, १४ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस उपसभापति शर्मा भन्छन्ः देश जिम्मा लगाउने कुरा तरकारीको स्वाद फेरेजस्तो होइन
नेपाललाई सुधार चाहिएको छ, सुधारको ग्यारेन्टी लिएर हामी उभिएका छौँः गगन थापा
विनोद चौधरीले सार्वजनिक गरे तीन वर्षे प्रतिबद्धताको ‘रिपोर्ट कार्ड’
ओली र बालेनलक्षित काँग्रेस उपसभापति शर्माको टिप्पणीः दुवैबाट देश चल्न सक्दैन