सुनको मूल्य तोलाको ६ सय बढ्यो

सफल खबर संवाददाता

आइतबार, २५ बैशाख २०७९, ११ : २९
सुनको मूल्य तोलाको ६ सय बढ्यो

काठमाडौ । साताको पहिलो दिन छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ६०० तोकिएको छ।

शुक्रबार प्रतितोला ९८ हजारमा कारोबार भएको सुनको मूल्य ६०० ले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार १०० छ। यसको मूल्य शुक्रबार प्रतितोला ९७ हजार ५०० थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले बढेर एक हजार २८५ पुगेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस