काठमाडौँ । कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाले काठमाडौँमा महानगरपालिकाको प्रमुखमा एमालेले हावादारी गफ गर्ने व्यक्तिलाई उठाएको दाबी गरेका छन्।
शुक्रबार शान्तिबाटिकामा आयोजित गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै बानियाँले केशव स्थापित जस्तो हावादारी गफ गर्ने व्यक्तिले जित्न हुने उल्लेख गरे। ‘बेला बेला विभिन्न राजनीतिक दलमा आबद्ध भइरहने हावादारी व्यक्ति केशव स्थापितलाई उठाएको छ।मैंले प्रदेशसभामा रहँदा पनि उहाँका हावादारी गफ सुनेकै हो, बानियाँले भने, ‘सत्ता गठबन्धनको तर्फबाट उठेकी महिला नेतृ सिर्जना सिंहलाई मत दिनुहोस्। हामीले गठबन्धनलाई आत्मैदेखि सहयोग गर्नुपर्छ।’
बानियाँले २०७४ सालको चुनावपछि माओवादी एमालेसँग मिल्न जानुका पछाडि कांग्रेसको पनि कमजोरी रहेको उल्लेख गरे। उनले गठबन्धनलाई जोगाएर जानु आजको आवश्यकता भएको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ बैशाख २०७९, १५ : ५४
लेखकबाट थप